राजनीति
काठमाडौं । न्यायपरिषद्को बैठकले सर्वाेच्च अदालतको रिक्त पदमा न्यायाधीश सिफारिस गरेको छ ।
न्यायपरिषद्को बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपालयलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वाेच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
सर्वाेच्च अदालतको न्यायाधीशमा ४ पद रिक्त रहे पनि न्यायपरिषद् बैठकले तीन पदमा मात्र न्यायाधीश सिफारिस गरेको छ । सर्वाेच्चमा अझै एक पद खाली रहेको छ ।