logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एसइईको नतिजा प्रकाशन गर्ने तयारी


  • राजनीति
  • शुक्रबार, असार १३ २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज बैठक बस्ने भनिए भए पनि समय भने निर्धारण भएको छैन।

बैठकपछि नतिजा प्रकाशनबारे निर्णय हुने बताइएको छ। एसइई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार