logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीको विषयमा प्रवेश


  • राजनीति
  • बिहिबार, साउन २ २०८२

काठमाडौं । नेपाका (एमाले) ले सचिवालय बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विषयले प्रवेश पाएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो विषयमा आवश्यक छलफल हुने बताएका हुन् ।

एमाले सचिव योगेश भट्टराईले भने, “अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गर्नु गरौं म भन्नुभएको छ , आजको बैठकमा भ्याइएन भनेपछि कुनै न कुनै बैठकमा छलफल हुन्छ।”

एमालेले राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपति भण्डारीलाई आवश्यक जिम्मेवारी दिनेबारे पनि छलफल भएको उनले बताए । उनले भने, “फर्किन्छु भनेर आफ्नो सेवा सुविधा त्यागेर आइसकेपछि त्यो पार्टीको मामला भयो । उहाँ आउनुहुन्छ भन्ने उचित स्थान पनि दिनुपर्ला ।”

तर भण्डारीलाई जिम्मेवारी दिने बारे उच्च तहमै छलफल हुनुपर्ने भट्टराईको भनाई रहेको छ । “हाई लेबलमा कुरा होस् भन्ने चाहना छ त्यसपछि आवश्यक पर्यो भने सचिवालयमा छलफल गर्छौं। केन्द्रीय कमिटीमा छलफल गर्छौं,” भट्टराईले भने ।

विधान महाधिवेशनको एजेन्डा तयार गर्न आजबाट एमाले सचिवालय बैठक बसेको थियो । आजको सचिवालयपछि भोलि पोलिटब्युरो र पाँच साउनमा केन्द्रीय कमिटी बैठक बस्दै छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार