logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

एमाले पोलिटब्यूरो बैठक बस्दै, विद्या भण्डारीको राजनीतिक सक्रियता बारे छलफल हुने


  • राजनीति
  • शुक्रबार, साउन ३ २०८२

काठमाडौं । नेकपा (एमाले) को पोलिट ब्युरो बैठक बस्दैछ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्युरो बैठक बस्न लागेको हो । यसअघि बैठक बिहान ११ बजेदेखि सुरु हुने भनिएता पनि अब १ बजेदेखि बैठक बस्ने भएको छ ।

हिजो एमालेको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले १५ पदाधिकारी सहित १५१ केन्द्रीय कमिटी बनाउने प्रस्ताव पारित गरिसकेको छ। उक्त बैठकले विधान संशोधन प्रस्तावअनुसार ७० वर्षको उमेरहत र कार्यकारी पदमा दुई वर्ष रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति समेत गरेको थियो ।

आज बस्ने पोलिटब्युरो बैठकमा राजनीतिमा फर्केकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा जिम्मेवारी दिने वा नदिने विषयमा छलफल हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार