logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सत्ता र पद खान सुरसा झैँ मुख “आँ…” गरिरहने “झोले” केपी ओली नै हुन : भीम रावल


  • राजनीति
  • शुक्रबार, साउन ३ २०८२

काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पौराणिक कालकी सुरसाको संज्ञा दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै नेता रावलले ओलीलाई यस्तो संज्ञा दिएका छन् । उनले सत्ता र पद खान पौराणिक कालकी सुरसा झैँ मुख “आँ…” गरिरहने “झोले” अध्यक्ष के.पी.ओली नै भएको बताएका छन् ।

ओलीका हालका कामकुराबाट सबै कुरा प्रष्ट भएको नेता रावलको भनाई रहेको छ ।

“जति भए पनि नअघाएर जसरी पनि सत्ता र पद खान पौराणिक कालकी सुरसा झैँ मुख “ऑ…” गरिरहने “झोले” अध्यक्ष के.पी.ओली नै भएको निजका हालैका कामकुराबाट अब त सबैलाई प्रष्ट भयो  होला, होइन र ?,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

रावलले ओलीले हिजोको एमाले सचिवालय बैठकमा विपक्षीहरुको आवाजलाई दबाएको तर्फ संकेत गर्दै यस्तो बताएका हुन् । अध्यक्ष ओलीले नेता रावललाई केही समय अघि पार्टीबाट निष्कासित गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार