logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक


  • राजनीति
  • सोमबार, भाद्र ९ २०८२

काठमाडौं । प्रतिनिधिसभा अन्तगर्तको राज्य व्यवस्था तथा सुशासन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

सभामुख देवराज घिमिरेले बुधवार निर्वाचन घोषणा गरेपछि कार्यतालिका सार्वजनिक गरिएको हो । सत्ता गठबन्धन दलहरुमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति कांग्रेसको भागमा परेको थियो ।

यस अघि समितिको सभापति नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा थिए । निजामती सेवा विधेयकमा कुलिङ अफ पीरियडमा छेडाखानी गरेको विषयमा विशेष संसदीय छानबिन समितिले सभापति खविडाले नैतिक जिम्मेवार रहेको निष्कर्ष निकालेपछि खतिवडाले साउन २८ गते पदबाट राजीनामा दिएक थिए ।

रिक्त पदको लागि कांग्रेसले अब दिलेन्द्र प्रसाद बडूलाई अगाडी सार्ने तयारी गरेको छ । प्रतिनिधिसाभाको नियमावलीको व्यवस्था अनुसार समितिको सभापति रिक्त भएको १५ दिनत्रि पदपूर्ति गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार