logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

झलनाथ–घनश्याम पक्षको बानेश्वरमा छुट्टै भेला, रामकुमारी झाक्री पनि सहभागी


  • राजनीति
  • आइतबार, भाद्र १५ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले काठमाडौंको बानेश्वरमा छुट्टै भेलाको आयोजना गरेका छन् ।

अध्यक्ष माधव कुमार नेपालको कार्यशैली निरंकुश भएको र नेपालको पक्ष नलागेका नेता कार्यकर्ता जिम्मेवारी विहिन हुने र भएको जिम्मेवारी पनि खोसिने जस्ता गतिविधि बढेपछि उक्त भेला आयोजना गरिएको भेलामा सहभागी एक नेताले बताए ।

गत साता तोकिएको बैठक अध्यक्ष नेपालले मनोमानी ढंगले सारेको र पार्टीभित्र वैचारिक तथा कार्यशैलीगत विषयमा बहस र छलफल निषेध गरिएपछि आगामी रणनीति बनाउनका लागि भेलामा छलफल गरिएको ती नेताले जानकारी दिए ।

भेला पूर्वमन्त्री तथा पार्टीका पूर्वसचिव जिवराम श्रेष्ठको अगुवाईमा भएको हो । उक्त भेलामा उपाध्यक्ष जयन्ती राइ, उपमहासचिव गरिमा शाह, स्थायी कमिटि सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री लक्षमण लम्साल, डा. विजय पौडेल, केदार सञ्जेल धर्मराज निरौला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

बैठकमा अन्त्यतिर रामकुमारी झाक्री पनि सहभागी भएको एक नेताले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार