राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन–जीले उठामागहरु तत्काल सम्बोन गनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् जेन–जीको प्रदर्शनमा भएको दुःखद घटनाले स्तब्ध बनाएको भन्दै मृत्यु भएका युवकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल पुरा गर्नुपर्ने उनको भनाई रहेको छ ।
“आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु। जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्,” अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।