logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

संसद विघटन गर्नेले संसद पुर्नस्थापनाको कुरा गर्नु हास्यास्पद : प्रचण्ड


  • राजनीति
  • शनिबार, कार्तिक २ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन गर्नेहरुले संसद पुर्नस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन्

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले नेकपा (एमाले) का अध्यक्ष केपी शमाृ ओलीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । उनले सरकारले तोकेको समयमा निर्वाचन सम्पन्न नभएमा अर्काे अराजकता निम्तीने खतरा रहेको बताए ।

संयोजक प्रचण्डले वर्तमान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह गरे । घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उनको भनाई रहेको छ । प्रचण्डले यसलाई भड्काउने कोशिश नगर्न समेत चेतावनी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार