राजनीति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण केहीको सातो गएको टिप्पणी गरेका छन ।
बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सक्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन, । उनले एकताको प्रकिया निरन्तर अलि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए ।
नेकपा एमालेका अध्यक्ष्य केपी शर्मा ओलीप्रति लक्षीत गर्दै उनले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको टिप्पणी गरे । आफुहरुको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए । आफुहरुलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मल्हम लागने उनलको भनाइ छ ।
उनले भने, “एकताको प्रक्रिया अघि बढीरहेको छ । एकताको यो अभियान अघि बढीरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको हुनुपर्छ । होस् हवास गुमेको हुनुपर्छ । होस् गुमाउनु आवश्यक छैन् । गाली गलौचमा उत्रिनुपर्ने आवश्यकता छैन् । बरु हामीलाई धन्यवाद दिनुहोस् । मैले त बिगारे तपाईंहरुले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पारित गर्नुहोस् ।”
सहसंयोजक नेपालले कार्यक्रममा एकता गरेको मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुलाई धन्यवाद दिए ।