राजनीति
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्धय तेजेन्द्र प्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । भेपको बट्टाभित्र ९ किलो सुन तस्करी गरेको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको थियो ।
सीआईबीले पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि उनलाई जिल्ला अदालत काठमाडौंले असोज २९ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
महराले भने भेप मार्फत् सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।