logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

समानुपातिक निर्वाचनमा भाग लिने दलहरूलाई आवेदन दिन आयोगको आह्वान


  • राजनीति
  • शुक्रबार, मंसिर २० २०८२

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिने दलहरुलाई आवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै उक्त निर्वाचन प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरु हुनुभएकाले स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपरान्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने राजनीतिक दलहरूलाई आयोगमा निवेदन दिन आह्वान गरेको हो।

आयोगले गत आइतबारदेखि समानुपातिक तर्फको निर्वाचन प्रणालीका लागि आयोगको कान्तिपुर स्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले यही मङ्सिर २४ गते बिहान १० बजेदेखि अपरान्न ४ बजेसम्म निवेदन पेश गर्ने राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने छ। यसरी निवेदन आएका राजनीतिक दलहरूले आगामी पुष १३ र १४ गते बिहान १० बजेदेखि अपरान्न ४ बजेसम्म उम्मेदवारहरूको बन्दसूची पेश गर्ने समयसीमा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार