logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सीटीस्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा उपकुलपतिसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • राजनीति
  • बिहिबार, माघ १६ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता सिंह भण्डारीसहित २० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सीटीस्क्यान मेसिन खरिद प्रकरणमा ७ करोड ३१ लाख रुपैयाँ भ्रष्टाचार गरेको अरोपमा अख्तियारले उनीहरुविरुद्ध मुद्धा दर्ता गरेको हो । अख्तियारले कुलपति भण्डारीसहित तत्कालीन कामु रजिष्ट्रार कैलास प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियरहरु शरद भण्डारी र आशुतोष भण्डारी, अमित कुमार चौधरी माथि मुद्दा चलाएको हो ।

प्रष्ठिानका शाखा अधिकृत शंकार लामिछाने, लिला कुमारी देवकोटा, मेघबहादुर अधिकारी, डा. श्रीसिया पोखरेलमाथि पनि मुद्दा चलाइएको छ । खरिदको कुनै योजना नै नबनाई मेसिन खरिद गरेको र त्यसमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

त्यसैगरी सूचना प्रविधि अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर अपरेटर सतिशबहादुर शाही, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी । स्टाफ नर्स विन्दु पौडेलमाथि समेत मुद्दा चलाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीटीस्क्यान मेसिन आपूर्ति गर्ने हिमालयन मेडिकल प्रा.लि. र त्यसका सञ्चालक अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारलाई पनि मुद्दा चलाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार