logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौंमा


  • राजनीति
  • शुक्रबार, फाल्गुन १ २०८२

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् ।

राजदूत चाङ केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ गत जनवरी महिनाको शुरुमा राजदूत नियुक्त भएका थिए ।

नेपाल आएसँगै नवनियुक्त राजदूत चाङले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नवनियुक्त राजदूत चाङ पनि नेपालको राजनीति तथा कूटनीतिक वृत्तमा परिचित नाम हो । यसअघि विभिन्न राजनीतिक भेटघाट र समारोहमा चाङको नेपाली राजनीतिक नेतृत्व तथा उच्च अधिकारीहरूसँग पटक–पटक भेटवार्ता भइसकेको छ । दुई बर्षअगाडि एउटा उच्चस्तरीय डेलिगेशनमा मिसिएर आएका उनी नेपालको आन्तरिक तथा वाह्य मामिलाबारे जानकारी राख्ने कूटनीतिज्ञका रूपमा परिचित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार