logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जेनजी आन्दोलनका नाममा रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति भएको एमालेको दाबी


  • राजनीति
  • बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । नेकपा (एमाले) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अघोषित नेतृत्वमा भएको रंगक्रान्तिको संज्ञा दिएको छ ।

आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमालेका कार्यवाहक उपाध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले अवैधानिक तरिकाले रास्वपाको नेतृत्वमा रंगक्रान्ति सफल भएको दाबी गरे ।

जेनजी आन्दोलनमा रास्वपाको संलग्नता रहेको स्पष्ट पार्दै नेता बादलले फागुन २१ गतेको निर्वाचनपछि रास्वपाले निलो क्रान्तिलाई वैधानिकता प्रदान गरेको बताए । धार्मिक अनुष्ठानसहित चैत्र १३ गते बालेन्द्र शाहलाई शपथ गराइएको उनले बताए ।

“यो ऐतिहासिक विजयका लागि रास्वपाका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई भन्न चाहन्छु,” उनले भने । अभुतपूर्व निर्णयमा नेपाली सेना, ब्यूरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबारा फाउन्डेसन रहेको उनको दाबी छ ।

देश जलाउनेहरुलाई महानायक बनाएर समृद्धिका नायकहरुलाई खलनायक र हत्यारोको रुपमा स्थापित गरेको भन्दै उनले संसदमा आपत्ति समेत जनाए ।

उनले प्रश्न गर्दै भने, “कुन उदेश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरुलाई पक्राउ गर्ने प्रपञ्च रचिदैछ ? किन देशव्यापी रुपमा दमनचक्र र राज्य आतंक मच्चाइँदैछ ?”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार