logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुजीवादी पाइजामा, साम्राज्यवादी सनक …आतंककारी मन्जुर मलाइ !


  • अखिल बिश्वकर्मा
  • आइतबार, चैत्र ३ २०७५

दस बर्षलाइ दिल्लीमा बेचर खाइन भनेर
सपना सल्काएर एकै ओछ्यान लाइन भनेर
आवेग उत्तेजना र बेहोसी बनेर जे सुकै भन
तिम्रो कानुनको आतंककारी मन्जुर छ मलाइ

तिम्रा टावर टल्काउन मार्वल बोकिदैन हेर
धम्की र ध्वाँसले मुत्तीयात्रा रोकिदैन हेर
कानुनको कथा सुनाउ या अदालतको आगन देखाउ
तिम्रो लुटको हिसाब खोज्ने आतंककारी बन्नुछ मलाइ

शिविरको सपत्तीले सन्तान पोस्नुहुन्न भन्दा
रातो रगत स्वार्थको अग्निमा झोस्नुहुन्न भन्दा
पुजीवादी पाइजामा साम्राज्यवादी सनक देखाउछौ भने
म त मर्न हिडेको आउ माइकालाल हत्केलामा प्राण राखेर
तिमी सिङौरी खेल्छौ भने मैदान खाली छ
साढेको सिंङ भाच्ने आतंककारी हुनुछ मलाइ

सहिद बेचेउ, बेपत्ता बन्दकी, उस्तै छ घाइते घाउ
दलाली दुनिया खरिद बिक्री बन्दैछौ बडा साहु
चुपचाप नसोची निदाउन कसरी सक्छु म  किनकी
बेचिएको बलिदान फिर्ता गर्ने आतंककारी बन्नुछ मलाइ

हजारौं मारिनुको अर्थ भुलेपछि
सातुसामल बुझाएर अन्त डुलेपछि
योद्धा आतंककारी र दलाल दिलका हुन्छ्न
तर याद गर,म आतंककारी हुनु पुर्व तिमी जेल गएको हुनुपर्छ  अपराधी बनेर
अनि म आफै गर्नेछु दलाल सत्ताको खिलापमा भयानक आतंककारी भएको घोषणा ।

यो पनि पढ्नुहोस

प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ : विप्लव

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार