विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका बारेमा चर्चामा रहेका केही अनलाइनहरुमा नियमित जसो समाचारले स्थान पाएकाछन । उक्त पार्टीको आन्तरिक बिषय भन्दै मिडियामा समाचार आए पछि केहिदिन अगाडी विप्लवका सचिवले बिज्ञप्ती नै जारी गरेर भ्रमपुर्ण समाचार नलेख्न आग्रह गरेका थिए । आएका समाचारहरुमा प्रकाण्डलाई विप्लवले धम्काए, नेकपामा गुट, विप्लव र प्रकाण्डबीच फाटो, हतियार किन्न भारतमा ३ करोड जस्ता शिर्षकमा आएको समाचार भ्रमपुर्ण रहेको नेकपाका एक केन्द्रिय नेता ध्रुबले बताएका छन ।
अहिले आएर उक्त पार्टीलाई कमजोर पार्न र जनतामा अनावश्यक र असत्य भ्रम फैलाउन योजनाबद्ध तरिकाले सरकारका नपजक रहेका केही सञ्चार माध्यमहरुले यस्ता हुँदै नभएका समाचारहरु प्रसारण गरेको नेकपाको दावी गरेकाछन ।
नेकपाले भनेको छ, ‘यस्ता भ्रामक र कपोलकल्पित समाचारबाट जनता, समर्थक शुभचिन्तकहरु कोही भ्रमित हुन आवश्यक छैन । जब प्रतिक्रियावादीहरु कमजोर हुन पुग्दछन्, जनताबाट उनीहरुप्रतिको विश्वास उड्छ अनि उनीहरु भ्रमको साहारा लिन पुग्दछन् । विप्लव र प्रकाण्डका बीचमा त्यस्तो कुनै असमझदारी छैन । जहाँसम्म भारतबाट हतियार किन्ने कुरा ल्याइएको छ यो योजनाबद्ध दमन गर्न रचिएको कुचाल मात्र हो ।’ नेकपाले भारतीय राज्यपक्षलाई साम्राज्यवादी भन्दै डकुमेन्टेशन नै गरेको छ ।