logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव माथी संगठित र फौजदारी अपराध लगाइ जन्मकैद गर्ने सरकारी सोच


  • नागरिक दैनिक बाट
  • शनिबार, चैत्र ९ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद गराउने तयारीमा राज्य रहेको देखिन्छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उनका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ ।

‘सरकारले विप्लव नेकपाका गतिविधि विध्वंसात्मक र आपराधिक भएको घोषणा गरिसकेको अवस्थामा हामीले प्रचलित संगठित अपराध ऐन २०७० र फौजदारी अपराध (संहिता) ऐन, २०७४ अनुसार कारबाही अघि बढाएको छौँ,’ प्रहरी स्रोत भन्छ, ‘देशभरका युनिटमा पनि सोहीअनुसार कारबाही गर्न सर्कुलर भइसकेको छ ।’ याे समाचार मातृका यादवले नागरिकमा लेखेका छन् ।

यो पनि पढ्नुहोस

प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ : विप्लव

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार