logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अन्नपूर्ण बेस क्याम्प घुम्न हिडेका चार कोरियाली र तीन नेपाली गाइड अझै सम्पर्क बिहिन


  • आश तमु
  • शनिबार, माघ ४ २०७६

पोखरा- अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथ प्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका एक सयभन्दा बढी पर्यटकलाई उद्धार गर्नेक्रम जारी रहेको जानकारी दिए।

प्रभु, सिम्रिक र डाइनाष्टिक कम्पनीका तीनवटा हेलिकोप्टरमार्फत् अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकलाई उद्धार गरिएको उनले बताए। उद्धार गरिएका मध्ये ३० जनालाई पोखरा, छुमरुङ ल्याइएको जनाइएको छ। स्थलगत रूपमा प्रहरी, स्थानीय जनता र टानको टोली उद्धारमा जारी रहेको छ। सो क्षेत्रमा पाँचदेखि सात फिटसम्म हिउँ परेको कारण कतिपय पर्यटक अलपत्र परेको हुन सक्ने टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए।

अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भएको छ।

← Back

Thank you for your response. ✨

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार