logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संविधान !


  • बलराम रेग्मी
  • शुक्रबार, असोज ३ २०७६

पटक पटक
धेरै पटक
जन्मियौ
तिमी !
नंया नंया
आशहरुमा!

कहिले
प्रजातन्त्रका नाममा
कहिले
पन्चायतका नाममा
बहुदल हुँदै
गणतन्त्र सम्म !
अनेक नाममा
जन्माइयो
तिमिलाइ !

राजाहरुको
पटक पटकको
बलात्कार पछि
अत्तर छर्केर
सिंगारियो
अनि
भोगियो
बाँचुन्जेल
तिमिलाई !

फेरि
पुरानै
पेटिकोट भिराएर
बाहिरिको
लिपिस्टिक र हिल
लगाएर
हिंडाइरहेछ
निस्फिक्री
गणतन्त्र
तिमिलाई !

तर
तिमीले
च्यात्नुपर्छ
थोत्रो पेटिकोट
अनि
लगाउनुपर्छ चोलि
फालेर
हिल
उनेर चप्पल
धोइ
लिपिस्टिक
दौडनुपर्छ
अघि अघि !

अझै
छाम्न सक्छ्न
सुंगुरहरुले
एकान्त पारेर
तिम्रा
अङ्ग अङ्ग
संविधान
त्यसैले
तिमिले
सिकेर जानू पर्छ
अनि
हान्न सक्नुपर्छ
राउन्ड किक
तिनलाई
उठ्नै नसक्ने गरि !!!

कबि भौतिकशास्त्र स्नातकोत्तरका बिद्यार्थी हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार