चर्चित जिवन प्रशिक्षक तथा नेत्र बिक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नर बहादुर कार्कीले वर्तमान राज्यले मुलुकका ग्रामीण बस्तिमा ससस्त्र वल परिचालन गरेर मनोबैज्ञानिक हिसावले जनतालाइ त्रसित बनाएको भन्दै बिरोध जनाएकाछन। ग्रामीण क्षेत्रका गरिव किसान मजदुरमा महिला बालवालिका र जेष्ठ नागरिकहरुलाइ बन्दुक बोकेका फौजले आतंकित पारेको तर्फ मानव अधिकारवादी संघ सस्थाको ध्यान जानु पर्ने धारणा सार्वजनिक गरेका छन ।
उमेरले युवा र गर्न सक्ने मानिस ज्याला मजदुरीको लागी गाउ छोडेर विभिन्न ठाउमा पुगेकोले ग्रामीण बस्ती युवा बिहिन जस्तो बनेको परिस्थितिमा बन्दुक देखाउदै जनतामा त्रास फैलाउनु राज्यको लज्जास्पद कार्य भएको तर्फ संकेत गरेका छन । कार्कीले कसैलाई देख्ने बितिकै घुडा मुनी गोली हान्न दिएको अनुमती मान्छे मार्ने बहाना मात्र भएको तर्फ सरोकारवाला निकायको ध्यान आकृष्ट गरेका हुन ।
सरकार आफैले गोली हानी मान्छे मार्ने र हतियारधारी मारियो भनेर प्रचारवाजी गर्ने तरिका माहोल बनाउन तिर लागेको आरोप लगाएकाछन । सरकारले मानव समाज बिकासको अकाट्य सत्यलाइ वेवास्था गर्दै प्रतिबन्ध लगाएकोले बारुदको आगो नभिभ्ने चेतावनी समेत दिएकाछन ।
मानव अधिकारका क्षेत्रमा अन्तर्राष्ट्रिय छबी बनाइसकेका कार्कीले सामाजिक संजाल फेसबुकमा स्टाटस अपलोड गर्दै यस्तो धारणा राखेकाछन ।
उनको स्टाटस यस्तो छ
गढ्वाल, सिम्ला,दोलखा र सिन्धुपाल्चोक तिर ज्यामी काम गर्न आएका जाजरकोटी बेरोजगार किसान मजदुरको गाउमा सयौको सख्यामा सशास्त्र सुरक्षा फौज पठाएको छ । छेडागाड हुँदै जुनिचादे सम्मका महिला बालबालिका र बुढाबुढी लाई सरकारले पठाएको नासो अनौठो लागेको होला । त्रसित महिला तथा बालबालिकालाई बन्दुक बोकेका सैन्य क्याराभानले मानसिक र सामाजिक कस्तो प्रभाव पार्लान? अधिकारवादी राष्ट्रिय अन्तरराष्ट्रिय आवाज खै? घुडामुनी हान्न खोजेको मृतक बसेकोले छातीमा लागेछ भन्ने बयान आउने होला । सिकारमा निस्कने बेला १-२ थान ब्यारेक बाट आँफै सँग बोकेका फर्जी हतियार लासको छेउमा राखेर ‘हतियाराधारी’ मारिएको बयान आयो भने अनौठो हुने छैन । सरकार! बारुदले आगो निभ्दैन, मानव ईतिहासको यो अकाट्य तथ्य हेक्का होस् । प्रतिबन्ध- पक्षमा जनता छैनन, दमनको पक्षमा जनता छैनन ।
यो पनि पढ्नुहोस
विप्लव लगायत हजारौंको फोन ट्यापिङ्ग गरी राज्यले संकटकाल थोपरेको छ : नर बहादुर कार्की