काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि विवाह गरेको ५० वर्ष पुगेको शन्दर्भमा आज पुन बिबाह गर्ने भएका छन् । आज बिहान देखी सामाजिक संजाल फेसबुकमा उनिहरुको जोडीलाइ बधाइ र शुभकामना दिनेहरुको प्रतिस्पर्धा नै चलेको छ । प्रायले उनिहरुको जोडीको तस्बिर पोष्ट गर्दै शुभकामना र बधाइको ओइरो लगाएकाछन । प्रचण्डले आफ्नी पत्नी सीता दाहालसँगै दोस्रो पटक विवाह गर्न लागेको छन । प्रचण्ड निकट स्रोतका अनुसार आज उनले बिशेष महत्त्व सहितको वैवाहिक कार्यक्रम आयोजना गर्दैछन ।
आज वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुगेको छ । सोहि अवसर पारेर पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको समेत जानकारी गराइएको छ ।

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।
नेकपा अध्यक्ष ‘प्रचण्ड’ले दोस्रो विवाह गर्दै ! आखिर को हो दुलही ?